बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति ?


काठमाडौँ । देशभर अन्डाको मूल्य फेरि बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आइतबारदेखि नयाँ दर लागू गर्दै प्रतिक्रेट मूल्य समायोजन गरेको हो।

संघका सचिव मदन पोखरेलका अनुसार ठूलो (एक्सएल) अन्डाको मूल्य अब प्रतिक्रेट ५२० रुपैयाँ पुगेको छ। सामान्य ठूलो आकारको अन्डा ५०५ रुपैयाँमा र मध्यम अन्डा ४९० रुपैयाँमा कारोबार हुने गरी दर तोकिएको छ।

पोखरेलले अघिल्लो तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ वृद्धि गरिएको जानकारी दिए। चितवनलाई आधार मानेर मूल्य निर्धारण गरिएको र पछिल्लो समायोजनसँगै किसानले उत्पादन लागत सम्हाल्न सक्ने अवस्थामा पुगेको उनको भनाइ छ।

यसअघिको दरमा ठूलो अन्डाको मूल्य ४५० रुपैयाँ र मध्यम अन्डाको ४३५ रुपैयाँ थियो। उनले अवैध रूपमा भारतबाट भित्रिने अन्डामा कमी आउनु र भित्री बजारमा माग बढ्नु मूल्य वृद्धिका प्रमुख कारण रहेको उल्लेख गरे।