काठमाडाैँ । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले सबै एकतावद्ध नभए देश जनताको नरहन सक्ने बताएका छन् ।
आइतवार काठमाडौँमा आयोजित प्रगतिशिल लोकतान्त्रिक पार्टी राष्ट्रिय एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले सधैँ गरिब भइरहनुको कारण नेतृतव वर्गले जनतालाई केन्द्रमा नराख्नु रहेको बताएका हुन् । सङ्कटको घडीमा सबै एक हुनुपर्ने बताए । इतिहासमा कहिल्यै पनि नेतृत्व वर्गले जनताको देश बनाउन नसकेको बताए । अग्रजको अनुभव, जेनजी पुस्ताको संघर्ष र मेहनतले अहिलेको संकट समाधान गर्नुपर्ने उनको भनाइ छ ।
“हामी सधैँ किन गरिब भइरहन्छाैँ भन्दा हाम्रा नेतृत्व गर्नेहरू, राजनीति गर्नेहरूले देश र जनतालाई केन्द्रमा राखेर राजनीति नगर्दा हामी आज यस ठाउँमा पुगेका छौँ । संकटको यो घडीमा हामीले सामुहिकतामा जोड दिएनौँ भने र सामुहिक रूपमा उठेनौँ भने यो देश देश जस्तो नरहन सक्छ । यो देश जनताको नरहन सक्छ,” उनले भने ।
अहिले नागरिक र सरकारबीच अविश्वासको संकट पैदा भएको बताए।



प्रतिक्रिया दिनुहोस्