काठमाडाैँ । प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले जेनजी विद्रोह विदेशीको कारणले भन्नु लाज लजाउने अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।
आइतवार प्रगतिशिल लोकतान्त्रिक पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले जेन जी विद्रोह विदेशीको कारणले नभइ नेतृत्वमा रहेका नेताहरुका कारणले भएको जिकिर गरे।
आफ्नो कोठा खुला राख्ने, कोठामा धान छर्ने, भकारीलाई राम्रोसँग नबाँध्ने, अनि भँगेरा आयो भनेर भँगेरालाई दोष दिएर हुन्छ ? नेता किराँतीको प्रश्न छ ।
२० वर्षदेखि राज्यसत्ताको दोहन गरी देशलाई कंगाल बनाउने काम गरिएको बताए । उनले थैली बन्दिलो नबाँध्ने र साथीलाई चोर दोष लगाउने काम नगर्न चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्