काठमाडाैँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आफ्ना सदस्यहरूलाई नेपाल सवारी प्रदूषण मापदण्ड २०८२ लागू हुनुअघि प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका यूराे ३ का सवारी साधन तथा नेपालमा एसेम्बल वा उत्पादन हुने सवारी साधनका लागि पूर्ववत मापदण्ड अनुसार भन्सार प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीका अनुसार वन तथा वातावरण मन्त्रालयले गत असार ९ गते नेपाल राजपत्र मार्फत सवारी प्रदूषण मापदण्ड २०८२ लागू गरिसकेको छ।
त्यसपछिका निर्णयअनुसार अर्थ मन्त्रालयले असाेज १० को नेपाल राजपत्रमार्फत मापदण्ड लागू हुनुअघि प्रोफर्मा इन्भ्वाइस जारी भइसकेका सवारी साधन र आवश्यक पार्टपूर्जा प्रयोग गरी एसेम्बल वा उत्पादन गरिएका सवारी साधनलाई मंसिर १५ सम्म पूर्ववत मापदण्ड अनुसार भन्सार पास गर्न सकिने व्यवस्था गरेको छ।
नाडाले आफ्ना सदस्यहरूलाई बाँकी रहेका सवारी साधनहरूको भन्सार प्रक्रिया तोकिएको समयभित्र पूरा गर्न आग्रह गर्दै, सो सम्बन्धमा वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयमा आवश्यक पहल पनि गरिसकेको जानकारी दिएको छ।
सम्बन्धित समाचारः



प्रतिक्रिया दिनुहोस्