नयाँ संसद भबनबाटै आगामी बैठक सञ्चालन गर्छौंः कुलमान घिसिङ


काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी निर्वाचनबाट निर्वाचित सांसदहरुको बैठक सिंहदरबारस्थित नयाँ संसद भबनबाटै गराउने गरी तयारी अघि बढेको बताएका छन् ।

सोमबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री घिसिङले आसन्न चुनावपछि संसद बैठक बस्नका लागि सिंहदरबार परिसरमा बनेको संसद भवन निर्माणको कामलाई तिब्रता बताए ।

सरकारले फागनु २१ गतेलाई प्रतिनिधधि सभा सदस्यको निर्वाचन मिति तोकेको छ । त्यसअघि माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन हुनेछ ।

मन्त्री घिसिङले भने, ‘संसद भवन निर्माणको कामलाई तीव्रता दिन हामी निरन्तर लागिरहेका छौं । आगामी चुनावपछिको सांसदहरुले नयाँ संसद् भवनमै काम गर्न पाउनेछ । पहिलो मिटिङ सिंहदरबार स्थीत संसद् भवनबाटै गर्नुपर्छ भनेर हामी लागिरहेका छौं । संसद भवन निर्माणको कामलाई गति दिन डेलि मोनिटरिङ गर्ने हिसाबले मेकानिजम पनि बनाएका छौं ।’

भवन निर्माणको लागि दुईओटा कन्ट्याक्टर भएकाले इन्टरफेसिङको काममा अलिकति समस्याहरु भएको हुँदा हहामी त्यसलाई रेगुलर मोनिटरिङ गरेका छौं ।

घिसिङले चालू आर्थिक वर्षको बजेटमा तयारी नै नभएका कार्यक्रमहरुमा बजेट समेत राखिदाँ कार्यान्वयनमै समस्या आएको बताए ।

उनका अनुसार प्रारम्भिक रुपमै अध्ययन नभएका, जग्गा नै अधिग्रहण नभएका, आयोजनामा यसअघिको सरकारले बजेट राखेको पाइयो ।

अनावश्यक रुपमा बजेट राखिएका बाहेक अरु आयोजनाहरुको बजेट रोक्का भएको भए खोल्नका लागि अर्थमन्त्रालयसँग छलफल हुने घिसिङले बताए । ।