काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारबारे ध्यानाकर्षणपत्र बुझाउन सिंहदरबार पुगेका जेनजी प्रतिनिधिहरू प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन्।
सोमबार सिंहदरबार पुगेका उनीहरूले घण्टौँ प्रतीक्षा गर्दा पनि प्रधानमन्त्रीसँग भेट नपाएपछि नारासहित आक्रोश प्रकट गरेका हुन्। सरकारले नातावाद र कृपावादलाई प्रोत्साहन गरिरहेको आरोप उनीहरूले लगाए।
यसैबिच प्रधानमन्त्री कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनालले जेनजी पुस्ताले उठाएका मागहरू प्रति सरकार गम्भीर रहेको स्पष्ट पारे। उनका अनुसार सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, नातावाद र कृपावादको अन्त्यका लागि दृढतापूर्वक काम गरिरहेको छ।
खनालले भने, “उहाँहरूको माग सम्बोधन गर्न सरकार गम्भीर छ। सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नकै लागि बनेको हो। भेट नपाएको गुनासोको सम्बन्धमा, हामी उचित समयमा उहाँहरूलाई प्रधानमन्त्रीसँग भेट गराउँछौँ।”
उनका अनुसार उपयुक्त समयमा जेन–जी प्रतिनिधिलाई प्रधानमन्त्रीसँग भेट गर्ने व्यवस्था मिलाइनेछ।



प्रतिक्रिया दिनुहोस्