आइपिओ जारी गर्ने तयारीमा नेक्सजेन म्यानेजमेन्ट


काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले रु १०० अंकित दरका १५ लाख कित्ताले हुन आउने १५ करोड रुपैयाँबराबरको साधारण सेयर निष्काशनको तयारी गरेको हो ।

यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेकोे छ ।

उक्त सेयर निष्काशनका लागि नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको तर्फवाट प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराई तथा लक्ष्मी सनइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड, नयाँ बानेश्वर, काठमाण्डौमा मंसिर ८ गते द्विपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गरिने सम्झौता भएको कम्पनीले जनाएको छ ।

नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडको हाल अधिकृत पूँजी १०० करोड तथा जारी पूँजी ५० करोड रहेको छ । कम्पनीले स्थापनाको तेस्रो वर्षबाट लगातार छ वर्ष खुद मुनाफा आर्जन गरिरहेको, गत वर्ष नगद लाभांस वितरण गरि यस वर्ष खुद मुनाफा जगेडा कोषमा सारेको र नेटवर्थ सेयरको अंकित मुल्य भन्दा बढी रहेको छ ।

कम्पनीको अध्यक्षमा पूर्व बैकर तथा बीमा प्राधिकरणका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाह छन्।