काठमाडाैँ । नेकपा एमाले प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्न आज निर्वाचन आयोग जाने भएको छ। एमाले निर्वाचन विभागका अनुसार दल दर्ताका लागि आवश्यक निवेदन आजै आयोगमा बुझाइने जानकारी दिइएको छ।
एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गराइसके पनि प्रतिनिधि सभा निर्वाचनका लागि भने अहिलेसम्म निवेदन दिएको थिएन। प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको समयसीमा बुधबारसम्म निर्धारण गरिएको छ।
यसअघि राष्ट्रिय सभा निर्वाचनका लागि एमालेले आयोगमा दल दर्ता प्रक्रियासमेत पूरा गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस्