‘डि-एसआइबी फ्रेमवर्क २०२५’ सार्वजनिक


काठमाडाैँ । नेपाल राष्ट्र बैंकले डि-एसआइबी फ्रेमवर्क २०२५ सार्वजनिक गरेकाे छ । राष्ट्र बैैंकले घरेलु प्रणालीगत रूपमा महत्त्वपूर्ण बैंकहरू (डाेमेस्टिक सिस्टमेटिकल्ली इर्म्पाेटमेन्ट बैंकस् – डि-एसआइबी) पहिचान गरी त्यस्ता ठूला तर महत्वपूर्ण बैंकलाइ नियमन गर्न याे फ्रेमवर्क जारी गरेको जनाएकाे छ।

सन् २००८ को विश्व वित्तीय संकटबाट सिकेका पाठ र बैंकिङ सुपरिवेक्षण सम्बन्धी बासेल समिति (बिसिबिएिस) का असल मापदण्डसँग मेल खाने गरी यो फ्रेमवर्क तयार भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरू प्रसाद पाैडेलले बताए । उनले यो फ्रेमवर्कले कुनै पनि बैंक “टु बिग टु फेल” नबनोस् भन्ने उद्देश्यले प्रणालीगत जोखिम नियन्त्रणमा केन्द्रित रहेकाे उल्लेख गरे ।

याे फ्रेमवर्कले डि-एसआइबी पहिचान, प्रणालीगत जोखिम न्यूनीकरण, ठूलो तथा आपसमा अत्यधिक जोडिएका बैंकहरूको स्थायित्व वृद्धि, र अनुपातिक तथा जोखिम–आधारित सुपरीवेक्षण सुनिश्चित गर्ने लक्ष्य राखेकाे छ।

डि-एसआइबी पहिचानमा आकारकाे (४०%), अन्तरसम्बन्ध (३०%), प्रतिस्थापनयोग्यता (१५%) र जटिलता (१५%) सूचकको भार रहेकाे छ । यी सूचकहरूले बैंकको कुल एक्स्पोजर, वित्तीय क्षेत्रभित्रको सम्पत्ति/दायित्व, भुक्तानी प्रणालीमा भूमिका, ट्रेडिङ गतिविधि तथा सीमापार कारोबारलाई प्रतिबिम्बित गर्ने उल्लेख गरिएकाे छ।

प्रणालीगत स्कोरका आधारमा राष्ट्र बैंकले त्यस्ता बैंकहरूरलाई ०.२०% देखि १% सम्मको उच्च घाटा अवशाेषण (एचएलए) पूँजी थप गर्न सक्नेछ । यस्तो एचएलए २०२७ देखि लागू हुने उल्लेख गरिएकाे छ।

यस्को उद्देश्य वित्तीय स्थायित्व रहेकाे पाैडेलले बताए ।