फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गरायो दल दर्ता


काठमाडौँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आधिकारिक रूपमा दल दर्ता गरेको छ।

मंगलबार एमालेका शीर्ष नेताहरू कान्तिपथस्थित निर्वाचन आयोग पुगेका थिए। आयोगमा आवश्यक कागजातसहित उपस्थित भएका उनीहरूले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता प्रक्रिया पूरा गरेका छन् ।

एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आफूहरू आयोग पुगेको र निर्वाचनका लागि दल दर्ता औपचारिक रूपमा सम्पन्न भएको जानकारी दिएका छन्।