काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउने फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ।
पार्टीका अनुसार आज आयोगमा दल दर्ता प्रक्रियासम्बन्धी आवश्यक कागजात बुझाइएपछि राप्रपा औपचारिक रूपमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएको हो।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ताको अन्तिम मिति मंसिर १० तय गरेको छ। उक्त मितिभित्र दर्ता निवेदन पेस गर्नुपर्ने प्रावधानअनुसार राप्रपाले समयमै दल दर्ता प्रक्रिया पूरा गरेको हो।



प्रतिक्रिया दिनुहोस्