काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ५.३२ अंकले बढेर २६५५.९९ अंकमा पुगेको छ ।
नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ४ ओटा कम्पनीको सेयरमूल्य घटेको छ भने बाँकी ८ ओटा कम्पनीको सेयरमूल्य बढेको छ ।
मंगलबार नेप्सेमा बन्दिपुर केबलकारको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ९९ लाख बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज नेप्सेमा झापा इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज जोशी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.९६ प्रतिशतले घटेको छ ।
कुल ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्