चीनद्वारा शेन्झाउ–२२ अन्तरिक्ष यान प्रक्षेपण


चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट शेन्झाउ–२२ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । जुन देशको मानवयुक्त अन्तरिक्ष कार्यक्रममा पहिलो आपतकालीन प्रक्षेपण अभियान हो ।

अन्तरिक्ष यान रकेटबाट अलग भएको र आफ्नो तोकिएको कक्षमा प्रवेश गरेको छ । चीन मानवयुक्त अन्तरिक्ष एजेन्सीले प्रक्षेपण अभियानलाई पूर्ण रूपमा सफल घोषणा गरेको छ ।