नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत होः स्वर्णिम वाग्ले


काठमाडाैँ । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताएका हुन् । यसलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।

उनकाअनुसार २०४८ सालको सरकारद्वारा सुरूगरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको थियो ।

तर अहिले अर्थतन्त्र करिब ४५ अर्ब डलरमा सीमित रहेको बताउँदै पछिल्ला डेढ दशकदेखि देश राजनीतिक-आर्थिक उथलपुथलमा फसेको टिप्पणी गरे।

भदौ २३-२४ का घटनाले मुलुक संक्रमणको मोडमा रहेको स्पष्ट देखाएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनले नयाँ राजनीतिक चेत जगाएको धारणा राखे। “यो संक्रमणलाई सही तरिकाले व्यवस्थापन गर्न सक्यौं भने देश नयाँ आर्थिक(राजनीतिक मार्गमा अघि बढ्न सक्छरु असफल भइयो भने प्रतिगमनको खतरा गम्भीर हुन्छ,”उनले भने ।

नयाँ पुस्ताका राजनीतिक पात्र र नयाँ दलहरूले यो चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्नुपर्ने वाग्लेको जोड छ। उनले मुलुकमा भएका सकारात्मक परिवर्तनहरूलाई नमान्ने, ‘सबै खत्तम’ भन्ने मानसिकता त्याग्नुपर्नेमा पनि ध्यानाकर्षण गराए।