काठमाडाैँ । नेपाली कीर्तिमानी पर्वतारोही तथा पूर्व गोर्खा सैनिक हरि बुढामगरले विश्वका सात महादेशका सबै अग्ला शिखर आरोहण गर्ने ‘सेभेन समिट’ अभियानको अन्तिम चरणमा प्रवेश गरेका छन्। दुबै खुट्टा (घुँडामुनिको भाग) गुमाए पनि बुढामगरले सगरमाथा आरोहण गरेर विश्वलाई चकित पारिसकेका छन्।
बुढामगरले आफ्नो अभियानलाई आर्थिक रूपमा सहयोग गर्न बेलायतमा बसोबास गर्ने नेपाली समुदायसँग भावनात्मक अपिल गरेका छन्। उनले ‘’£१ अभियान’ (एक पाउण्ड अभियान) सुरू गरी नेपालीहरूलाई सानो सहयोग मार्फत ठूलो उपलब्धि हासिल गर्न सकिने बताएका छन्।
बुढामगरको लक्ष्य अन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट विन्सन (४,८९२ मि.) आरोहण गर्नु हो। यस सफलतासँगै उनी विश्वकै पहिलो ‘डबल–एबभ–नी एम्प्युटी’ पर्वतारोही बन्नेछन्, जसको अर्थ दुबै खुट्टा नभएका व्यक्तिले सात महादेशका सबै प्रमुख शिखर चढ्ने इतिहासमा नाम लेखाउनेछन्।
सन् २०१० मा अफगानिस्तान युद्धमा दुबै खुट्टा गुमाएका बुढामगरले कृत्रिम खुट्टाको सहायताले आफ्नो साहसिक यात्रा निरन्तरता दिँदै आएका छन्। उनको अदम्य साहसले शारीरिक अशक्ततालाई कहिल्यै बाधक बन्न दिएन।
‘सेभेन समिट’ अभियान अन्तर्गत बुढामगरले अहिलेसम्म माउन्ट एभरेस्ट (८,८४९ मि.), एकोनकागुवा (९,६९६१ मि.), डेनाली (९,६१९० मि.), माउन्ट किलिमन्जारो (९,५८९५ मि.), मोन्ट ब्लांक (९,४८१० मि.) र कार्स्टेन्स पिरामिड (९,४८८४ मि.) आरोहण गरिसकेका छन्। अक्टोबर २०८२ मा ओसिनियाको सबैभन्दा अग्लो शिखर कार्स्टेन्स पिरामिड चढेर उनी कृत्रिम खुट्टाको सहायताले सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका थिए।



प्रतिक्रिया दिनुहोस्