बुधबार ९.६१ अंकले बढ्यो नेप्से


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ५ ओटा कम्पनीको सेयरमूल्य घटेको छ भने बाँकी ८ ओटा कम्पनीको सेयरमूल्य बढेको छ ।

बुधबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६२ करोड ४३ लाख ४३ हजार रूपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज नेप्सेमा झापा इनर्जी, सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था श्रीनगर एग्रीटेकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, ९.९९ प्रतिशत, ९.९९ प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज बोटलर्स नेपाल (बालाजु) का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ३.९४ प्रतिशतले घटेको छ ।

कुल ३२२ कम्पनीको एक करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड २९ लाख ७१ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।