काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी ११ औं वार्षिक साधारण सभाबाट अनुेमादन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।
यस्तै उक्त बैठकले सञ्चालक समितिको सदस्य पदबाट दिपक राज शिवाकोटीले दिएको राजीनामा समेत स्वीकृत गर्ने निर्णय गरेको छ । उनको राजीनामा मंसिर १० गतेदेखि लागू हुनेगरी स्वीकृत भएको हो ।



प्रतिक्रिया दिनुहोस्