भगवती कम्पोजिट इण्डष्ट्रिजले आइपिओ निष्काशन गर्ने


काठमाडौँ । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको २० प्रतिशतका दरले प्रति शेयर अंकित मूल्य १०० रूपैयाँमा आइपिओ निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले ६ लाख ४४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले विगत १५ वर्षदेखि चितवनको भरतपुरमा अत्याधुनिक प्रविधि प्रयोग गर्दै गुणस्तरीय उद्योगजन्य बस्तुहरु उत्पादन गर्दै आइरहेको छ । यसको उद्देश्य उच्च गुणस्तरका, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउनु रहेको जनाएको छ ।

फाइबर रि इन्फोर्सड प्लास्टिक टेक्नोलाजी अन्तर्गत ढोका, झ्याल, ढोका–झ्यालको फ्रेम, फाइबर सिट, फाइबर बाथ टब, फाइबर स्लाइड तथा अन्य सबै प्रकारका फाइबर उत्पादनहरू उच्च गुणस्तरमा उत्पादन गर्दै आईरहेको छ ।

कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्दै सम्झौता पत्रमा भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडका तर्फबाट अध्यक्ष श्री दक्षिणा गैह्रे न्यौपानेज्यू तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष घिमिरेज्यूले हस्ताक्षर गर्नुभएको छ ।