काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार फागुन २१ गते हुने प्रतिनिधिसभाको आगामी निर्वाचनमा सुरक्षा सुनिश्चित गर्न नेपाली सेना परिचालनको स्वीकृति दिएका छन्।
राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रतिनिधिसभा निर्वाचनको समयमा जनसुरक्षा र निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सेना परिचालनको निर्णय गरिएको हो।



प्रतिक्रिया दिनुहोस्