काठमाडाैँ । पत्रकार र कर्मचारीहरू अबदेखि सामाजिक सुरक्षाको दायरामा आउने भएका छन् ।
बिहीवार सिंहदरबारमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी दिइएको हो । कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालय मातहत रहेका प्रमुख सञ्चार संस्थाहरू गोरखापत्र संस्था, राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रशारण (पीएसपी) अन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजन, साथै प्रेस काउन्सिल नेपाल र न्युनतम पारिश्रमिक निर्धारण समितिलाई सामाजिक सुरक्षामा जोड्ने काम सुरू भइसकेको बताए
उनले अब देशभरका पत्रकार, सञ्चारकर्मी र सरकारी सञ्चार संस्थाका कर्मचारीहरू सामाजिक सुरक्षाको औपचारिक दायरामा प्रवेश गर्ने बताए ।
आगामी दिनमा सबै सञ्चारकर्मीलाई प्रणालीगत रूपमा सामाजिक सुरक्षामा समावेश गर्ने विस्तृत कार्ययोजना कार्यान्वयन गरिने उनले बताए । मन्त्री खरेलले पत्रकारको पेशागत सुरक्षासँगै आर्थिक तथा सामाजिक सुरक्षालाई सरकारका प्राथमिक एजेण्डामध्ये एक बनाइएकाले यो कदम महत्वपूर्ण भएको बताए ।
उनले निजी सञ्चार माध्यमहरुलाई उत्साहित हुँदै सामाजिक सुरक्षाको दायरामा आउन आह्वान गरे ।



प्रतिक्रिया दिनुहोस्