काठमाडाैँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठक मंसिर १७ गते विराटनगरमा आयोजना गर्ने भएको छ। बैठक होटल स्वागतम, रोडसेसमा विहान ८:३० बजेबाट सुरु हुनेछ।
बैठकमा विद्यालय नवीकरण, डिजिटल रेकर्ड कायम गर्ने, एसइइ प्रि बाेर्ड परीक्षा सञ्चालन, प्रदेशगत लिडरसिप समिट आयोजना, पालिका/जिल्ला/प्रदेश भेला र राष्ट्रिय परिषद बैठक, विभागीय र प्रदेशगत रिपोर्टिङ, महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन र समसामयिक विविध विषयमा छलफल हुने प्याब्सनका महासचिव आरबी कटुवालले जानकारी दिए ।
महासचिव कटुवालका अनुसार बैठकमा सबै पदाधिकारी, प्राज्ञिक सल्लाहकार, प्रदेश अध्यक्ष, सचिवालय सदस्य तथा प्राज्ञिक परिषद सदस्यहरूको गरिमामय उपस्थितिका लागि अनुरोध गरिएको छ।



प्रतिक्रिया दिनुहोस्