आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख शक्ति बन्नेछः भीम रावल


काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने बताएका छन् ।

शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उनले सो दाबी गरेका हुन् । नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलार्य आग्रह गरे।

नेता रावलले सुदूरपश्चिम प्रदेशका कठिनाईलाई सम्बोधन गर्न पनि आफ्नो पार्टी तयार रहेको बताए ।

“अब प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मा होस्, वा अरु दिन होस् । अब नेपाली कम्युनिष्ट पार्टी यो देशको प्रमुख राजनीतिकक शक्ति भएर तपाईहरूलाई नेतृत्व दिनेछ,” उनले भने ।

नेता रावलले विगतमा पनि नेकपालाई जनताले साथ दिएको तर त्यसलाई जोगाउने काम केपी ओलीले गर्न नसकेको आरोप समेत लगाए ।