काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २०९ ओटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा गरेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा बिदाई कार्यक्रममा बोल्दै उनले वर्तमानमा खेल संघहरुको संख्या घटेर ६३ पुगेको बताएका हुन् ।
उनले चार वर्षे कार्यकालमा सक्रिय संघहरुमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल सङ्गठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आफनो कार्यकाललाई सबैभन्दा बढी निर्वाचन भएको अवधि भनि बताए । आफ्नो कार्यकालमा नै खेलकुदको इतिहासमा सबैभन्दा धेरै निर्वाचन गराएको दाबी गरे।
उनले आगामी दिनमा नेपाली खेल क्षेत्रको पुनःसंरचना र यसका विवादहरुको निरुपणको विषयमा चालिने सबै बहसका क्षेत्रमा आफूले सहभागिता जनाउने बताए । त्यस अवसरमा मिसन २०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका खेलाडीहरुलाई किट्स वितरण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्