मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ५३ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ५३ हजार ३०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ३ हजार ३४५ रूपैयाँ कायम भएको छ ।