सालपा विकास बैंकले मंसिर २५ गतेदेखि आइपिओ निष्काशन गर्दै


काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले आइपिओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने अर्थात १ करोड ७२ लाख ३८ हजार ८०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

आइपिओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ भने त्यस अवधिमा पर्याप्त आवेदन नपरे पुस १० गतेसम्म अवधि थप हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।