काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० अंकमा झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ७ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ५ ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।
सोमबार नेप्सेमा युनियन हाइड्रोपावर लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ८१ लाख २९ हजार रूपैयाँ बढिको कारोबार भएको छ ।
मंगलबार ६ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आजको दिन बुङ्गल हाइड्रोपावर, माबिलुङ इनर्जी, श्रीनगर एग्रीटेक इन्डष्ट्रि, सागर डिस्ट्रिलरी, स्वस्तिक लघुवित्त र झापा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
आज ग्रीन भेन्चरका लगानीकर्तारूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ९.८५ प्रतिशतले घटेको छ ।
कुल ३२४ कम्पनीको एक करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँ बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्