काठमाडाैँ । मधेश प्रदेशकाे रौतहट जिल्लामा च्याउ उत्पादनको लागि प्रयोग गर्न ल्याइएको पराललाई प्रहरीले भवरलोटको नाममा रोक्दा किसानहरू आन्दोलित भएका छन्।
रौतहटको पत्लैया क्षेत्रबाट चन्द्रपुरसम्म पराल बोकेको १५० भन्दा बढी ट्रक रोकेपछि च्याउ उत्पादक किसानहरू नाराबाजी गर्दै आन्दोलनमा उत्रिएका हुन्।
च्याउ उत्पादक किसान संघ नेपालका महासचिव विकास रिमालले उक्त घटनाप्रति आपत्ति जनाउँदै आफूहरू आन्दोलनमा रहेको बताएका छन्।
साथै संघका अध्यक्ष सन्ताेष कार्की, उपाध्यक्ष रबिन्द्र श्रेष्ठ, सचिव रमेश सापकोटा, कोषाध्यक्ष बिनोद पौडेल लगायतका पदाधिकारी पनिआन्दोलनमा सहभागी रहेका छन्। संघका पदाधिकारीहरूले प्रहरीको यस्तो कदमले कृषकलाई समस्या भएको र च्याउ उत्पादनमा प्रतिकूल असर पर्ने बताउँदै छिट्टै यस विवादको समाधान खोज्न माग गरेका छन्।


प्रतिक्रिया दिनुहोस्