नेपाल पुनर्बिमा कम्पनीले नाफा बढायो


काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले नाफा बढाएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीले १ अर्ब ३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

सिइओमा सुरेन्द्र थापाको प्रवेशपछि कम्पनीले नाफा बढाएको देखिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १ अर्ब १३ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८.५० प्रतिशतले घटेको छ ।

समीक्षा अवधिसम्म सेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ८२ करोड २३ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २२ लाख रुपैयाँ छ ।

समीक्षा वर्षमा कम्पनीको पुनर्बिमा कोषमा १० अर्ब ४३ करोड ९१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष पुनर्बिमा कोषमा ९ अर्ब २ करोड ८० लाख रुपैयाँ थियो। पुनर्बिमा कोषमा १५.६३ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले १२ अर्ब २३ करोड ६९ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्ष कम्पनीले १० अर्ब ५८ करोड ८५ लाख कुल पुनर्बिमा आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १५.५७ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ११ अर्ब १५ करोड ५२ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ।

अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ९ अर्ब ४९ करोड २४ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा खुद बिमाशुल्क आर्जन १७.१२ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (इपिएस) घटेर ७.७१ रुपैयाँ कायम भएको छ ।

अघिल्लो वर्ष इपिएस ८.४३ रुपैयाँ थियो । प्रतिशेयर नेटवर्थ १५२.५४ रुपैयाँ रहेको कम्पनीको पिई रेसियो १६३.३४ गुणा रहेको छ ।