भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने


काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीले गत आवको नाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

मङ्सिर १६ गते बसेको सञ्चालक समितिको बैठकले कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

निर्णयअनुसार सेयरधनीहरूले उक्त आर्थिक वर्षका लागि बोनस सेयर वा नगद लाभांश पाउने छैनन् ।

बैठकले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वार्षिक आर्थिक विवरणका साथै सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब, सेयरपुँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अन्य अनुसूचिहरुमाथि छलफल गरी स्वीकृतीको लागि आगामी बार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीले आव २०८०/८१ मा पनि लाभांश वितरण गरेकाे थिएन ।