काठमाडाैँ । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ ।
बुधवार सुनको मूल्य ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार मंगलवार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य समेत बढेको छ ।
महसंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार बढेर ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्