काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेन–जी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। उपाध्यक्ष पौडेलले एमाले जेन–जीको जायज आकंक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पारे।
एमाले कहिल्यै जेन–जी विरुद्ध नरहेको उनको भनाइ थियो । उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरूको प्रतिनिधित्व गरिरहेको जिकिर समेत गरे ।
“जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु । एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेन–जीका मागका विरुद्धमा, उनीहरुका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु,”उनले भने ।
उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस्