मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबिच एकता अपरिहार्य छः पूर्वमन्त्री श्रेष्ठ


काठमाडाैँ। पूर्वमन्त्री सुमना श्रेष्ठले मुलुकलाई निकाश दिन वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता अपरिहार्य रहेको बताएकी छन् ।

रास्वपा छोडेर हाल स्वतन्त्र रहँदै आएकी उनले  बुधवार उज्यालो पार्टी नेपाल घोषणा सभालाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् । जेनजी विद्रोहमार्फत अपदस्त भएका पुराना राजनीतिक दलका नेताहरुलाई कुर्सीमा फर्कन नदिन वैकल्पिक शक्तिहरूबिच आपसि सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

उनले फराकिलो दृष्टिकोणसहित साझा एजेण्डामा आवद्ध हुन आग्रह गर्दै सुशासन, विधिको शासन, विभेदरहित समाज र समान अवसर प्रदान गर्ने दिशामा अघि बढ्न सबै पक्षलाई आह्वान समेत गरिन् ।

उनले आफू वैकल्पिक शक्तिहरुलाई एकतामा ल्याउने कार्यमा व्यस्त रहेको समेत बताइन् ।उनले नेपाललाई नागरिकको पार्टी बनोस् भन्ने शुभकामना समेत दिइन् ।