काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूलाई कन्सल्टेन्सीको व्यावसायिक प्रचार–प्रसारमा संलग्न नहुर्न सचेत गराएको छ।
काउन्सिलले जारी गरेकाे विज्ञप्तिअनुसार केही चिकित्सकहरूले आफ्नो नाम, तस्बिर र शैक्षिक उपाधि साइनबोर्ड, ब्यानर, पम्पलेट जस्ता प्रचार सामग्रीमा प्रयोग गरी कन्सल्टेन्सीको प्रवद्र्धन गरेको उजुरी प्राप्त भएको छ। यस्तो गतिविधि चिकित्सकीय मर्यादा र परम्परासँग मेल नखाने भन्दै काउन्सिलले ध्यानाकर्षण गराएको छ।
काउन्सिलका रजिस्ट्रार डा. सन्तोष कुमारले चिकित्सकहरूलाई व्यवसायिक आचारसंहिताविपरीत गतिविधि नगर्न सचेत गराएकाे जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्