योमरी पुन्हीलाई संस्कारका रूपमा अघि बढाउनुपर्छः उपप्रमुख डंगोल


काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले योमरी पुन्हीलाई संस्कारका रूपमा मनाउनुपर्ने बताएकी छन् ।

२२ औं राष्ट्रिय ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्यापु दिवसले मेहनत, माटो र पहिचान दर्शाउने उल्लेख गरेकी हुन् ।

उपमेयर डंगोलले यामरी पुन्ही एउटा पर्व मात्र नभइ संस्कार भएको जिकिर गरिन् । उनले आजको दिनलाई विभिन्न जात्रा, पर्व, परम्परा मात्रै नभइ अस्तित्वको रूपमा लिनुपर्ने उल्लेख गरिन् । आजको दिन काठमाडौँ उपत्यकाका नेवार समुदायले नयाँ धान घरमा भित्र्याउने र नयाँ धानबाट बनाइएको योमरी देवी अन्नपूर्णलाई अर्पण गर्ने परम्परा रहेको छ । 

“आजको ज्यापु दिवसले ज्यापुहरुको मेहनत, माटो र अझ हाम्रो पहिचान दर्शाइरहेको छ । त्यसकारण पनि आजको दिन महत्वपूर्ण छ । यो हामीले पर्व मात्र होइन, संस्कारको रूपमा लिनुपर्दछ । आजको दिनलाई हाम्रा विभिन्न जात्रा, पर्वलाई परम्परा मात्रै होइन, अस्तित्वको दिनका रुपमा लिनुपर्छ । नयाँ धान उब्जनी गरिसकेपछि नयाँ धान घरमा भित्र्याउँछौँ आज । नयाँ धानबाट योमरी बनाएर अन्नपूर्णलाई अर्पण गर्दछौँ,” उनले भनिन् ।

उपप्रमुख डंगोलले नेपालीको नाम विश्वव्यापी रुपमा गर्व गर्न लायक बनाउनुपर्ने बताइन् ।