काठमाडाैँ । चालु आ.व.मा हालसम्म २ हजार ८८ वटा सडक दुर्घटनाबाट ६९ जनाको मृत्यु भएको छ ।
शुक्रवार अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा आयोजित सडक दुर्घटना न्युनिकरण सचेतना स्वयंसेवक कार्यक्रममा यसबारे जानकारी गराइएको हो । आर्थिक वर्ष ०७९/०८० मा १० हजार ६ सय ७५, आ.व.०८०/०८१ मा ८ हजार ८ सय ८१ र आ.व. ०८१/०८२ मा ७ हजार १ सय ६९ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कार्यक्रममा बोल्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सडक दुर्घटनाको संख्या वर्षेनी घट्दै गएपनि मृत्युदर बढिरहेको बताए ।
सडक दुर्घटनाका कारण मृत्युदर ७.३४ प्रतिशत बढेको जानकारी दिनुभयो । सबैभन्दा धेरै दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको उनले बताए । तीब्र गति, लापरवाही, मादक पदार्थ सेवन गर्ने, नियमको पालना नगर्ने, क्षमता भन्दा बढी यात्रुहरू राख्ने, आफ्नो गाडीको नियमित रूपमा मर्मतसम्भार नगर्ने कारणले पनि धेरै दुर्घटना भएका छन् ।
महिनामा माघ र फागुन र बारमा शुक्रवार र बुधवार बढी दुर्घटना हुने गरेको प्रहरीको तथ्याङ्क छ । बढी दुर्घटना हुनेमा दुई पाङ्ग्रे सवारीसाधन रहेको बताए ।
उनले रात्रीकालीन समयमा दुर्घटना बढेकाले काठमाडौँ उपत्यकासमित विभिन्न स्थानमा तीब्र गति न्युनिकरणमा लागेको बताए । जेनजी आन्दोलनका कारण प्रहरी कार्यालयहरू जलेर नष्ट हुँदा समस्या व्यहोरिरहनुपरेको बताए ।



प्रतिक्रिया दिनुहोस्