काठमाडाैँ । शुक्रवार सुनचाँदीको मूल्य घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवासायी महासंघले जानकारी दिएको छ ।
महासंघकाअनुसार बिहीवार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ ।
महासंघकाअनुसार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ । बिहीवार ३ हजार ६२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज घटेर ३ हजार ५ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्