काठमाडाैँ । मधेसका मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गरेका छन् ।
आइतवार नै पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिए ।
उनले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउनु हुँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुनेगरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने बताए ।
मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरूबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । उनले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरू छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताए । .



प्रतिक्रिया दिनुहोस्