काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच शिष्टाचार भेटवार्ता भएको छ ।
आइतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्की र भण्डारीबीच भेटवार्ता भएको हो ।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा सिंहदरबारसहिति संसद भवन, सर्वोच्च अदालत लगायतका सरकारी भवनहरूमा आगजनी र तोडफोड समेत भएको थियो ।
प्रधानमन्त्री कार्कीलाई भेट्नुअघि भण्डारीले आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन एवं निरीक्षण समेत गरेकी थिइन्। भण्डारी र कार्कीबिच आगामी निर्वाचन, देशको समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस्