पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गरेकी छन् ।

आइतवार दिउँसो पूर्वराष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको सिंहदरबारको अवलोकन गरेकी हुन्।

उनलाई सिंहदरमा भएको वस्तुस्थितिबारे अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी गराए ।गत दौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा सिंहदरबारमा आगजनी, तोडफोड भएको थियो ।

प्रधानमन्त्री कार्यालयसहित,अर्थ, स्वास्थ्य मन्त्रालयहरुमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।