पोखरा विमानस्थल भ्रष्टाचारः५ पूर्वमन्त्री, ५५ व्यक्ति र १ कम्पनी विरुद्ध मुद्दा


काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा व्यापक अनियमितता भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५५ जना व्यक्तिहरू र एक कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगका अनुसार विमानस्थल निर्माण प्रक्रियाअघि–पछाडि भएको अनुसन्धानले करिब ८ अर्ब ३६ करोड रुपैयाँको भ्रष्टाचार भएको देखिएको छ। यही आधारमा आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेका हाे ।

मामिलामा संलग्न भएको आशंकामा पूर्वमन्त्री रामशरण महत, पोष्टबहादुर बोगटी सहित पाँचजना पूर्वमन्त्रीलाई समेत प्रतिवादी बनाइने आयोगले जनाएको छ।

आयोगले लामो समयदेखि चलेको अध्ययन र प्रमाण संकलनपछि ठूला राजनीतिक पदाधिकारीदेखि प्राविधिक तहका व्यक्तिहरूलाई समेत अभियुक्त बनाउने निर्णय गरेको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचारका अभियुक्तहरुको सूची र भ्रष्टाचारको फ्लोचार्ट:

  1. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रामकुमार श्रेष्ठ
  2. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष भीम प्रसाद आचार्य 
  3. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दिपक चन्द्र अमात्य
  4. अर्थ मन्त्रालयका तत्कालीन मन्त्री डा. रामशरण महत
  5. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव सुशिल घिमिरे 
  6. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ
  7. अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा 
  8. कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा 
  9. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सहसचिव रञ्जन कृष्ण अर्याल 
  10. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव मोहनकृष्ण सापकोटा 
  11. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव तथा प्राधिकरण सञ्चालक समितिको सदस्य लोक बहादुर खत्री 
  12. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनरुप शाही
  13. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य ज्योति अधिकारी
  14. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य मनोज कार्की 
  15. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिको तत्कालीन सदस्य फुर्वा छिरिङ शेर्पा
  16. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन सह-सचिव एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य सुरेश आचार्य 
  17. नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य मदन खरेल 
  18. भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका सदस्य मुक्तिनारायण पौडेल
  19. भन्सार विभागका तत्कालीन महानिर्देशक एवं नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका सदस्य सूर्य प्रसाद आचार्य 
  20. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव त्रिरत्न मानन्धर 
  21. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन महानिर्देशक एवं सञ्चालक समितिका सदस्य-सचिव रतीश चन्द्रलाल सुमन
  22. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक सुमन कुमार श्रेष्ठ 
  23. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन उप-सचिव हरि बहादुर खड्का 
  24. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक रोशन चित्रकार
  25. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उप-महानिर्देशक ऋषिकेश शर्मा
  26. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक नारायण गिरी,
  27. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक महेश कुमार बस्नेत,
  28. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक बाबुराम पौडेल,
  29. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक अशोक कुमार सुवेदी
  30. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रवन्धक मुरारी भण्डारी
  31. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक सुवर्ण राज उपाध्याय
  32. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक प्रताप वावु तिवारी
  33. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्र प्रसाद फुयाल
  34. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक राम चन्द्र सुवेदी
  35. सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा.रामकृष्ण तिमिल्सिना भन्ने डा. राम कृष्ण तिमल्सेना
  36. एयरपोर्ट इन्जिनियर डा.पुरुषोत्तम डंगोल
  37. नेपाल नागरिक उड्‌डयन प्राधिकरणबाट सेवा निवृत्त निर्देशक विनोदानन्द चौधरी भन्ने बिनोदानन्द चौधरी मैथिल बाहुन
  38. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्द प्रसाद भण्डारी
  39. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक गंगा सागर मान श्रेष्ठ
  40. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपप्रबन्धक हाल महानिर्देशक प्रदीप अधिकारी
  41. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक डा. रबिन्द्रनाथ श्रेष्ठ 
  42. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सूर्य ज्ञवाली
  43. त्रिभुवन विश्वविधालय, इन्जिनीयरीङ्ग अध्ययन संस्थान, पुल्चोकका तत्कालीन उप-प्राध्यापक सन्तोष कुमार श्रेष्ठ
  44. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक हंसराज पाण्डेय
  45. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक डा.पुण्यराज शाक्य
  46. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन बरिष्ठ कानुन अधिकृत द्वारिका प्रसाद भट्टराई
  47. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक कुल प्रसाद सिंखडा
  48. अर्थ मन्त्रालयका तत्कालीन सहसचिव मधुकुमार मरासिनी
  49. अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लाल बहादुर खत्री
  50. अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत कमल कुमार भट्टराई
  51. अर्थ मन्त्रालयका तत्कालीन उपसचिव प्रेम उपाध्याय भन्ने प्रेम नाथ उपाध्याय
  52. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्रालयका तत्कालीन मन्त्री तथा नेपाल नागरिक उड्‍डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष  स्व. पोष्ट बहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी
  53. नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ
  54. China CAMC Engineering Co.Ltd  र सोका मुख्य भई काम गर्ने व्यक्ति Chairman Wang Bo 
  55. China CAMC Engineering Co.Ltd   को  Regional General  manager Liu Shengcheng

अख्तियारकाे विज्ञप्तिः

https://thuprai.com/magazine/taksar-magament-vol-4-issue-3