काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड इतिहासकै दुःखद् घटना भएको बताएकी छन् ।
आइतवार सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गत भदौ २४ गते सरकारी भवनहरुमा तोडफोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताएकी हुन् ।
सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि बताइन् । उनले सरकारले चाँडै उक्त भवनहरुको पुनःनिर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको पनि बताइन्।
“भदौ २४ गते जुन घटना भयो, सरकारी भवनहरू तोडफोड, आगजनी, लुटपाटका घटना भए । यहाँको परिस्थिति कस्तो छ भनेर आएको हो । यहाँको अवस्था हेर्दा धेरै दुःख लाग्यो । नेपाल सरकारले चाँडै यिनीहरुको पुनःनिर्माण गरेर पुरानो अवस्थामा ल्याउनेछ भन्ने आशा गरेको छु,”उनले भनिन् ।
उनले तोडफोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना भएको बताउँदै यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुन नहुने बताइन् ।



प्रतिक्रिया दिनुहोस्