आइतबार २१ अंकले घट्यो नेप्से


काठमाडौँ। साताको कारोबारको पहिलो दिन सेयरबजारमा दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा सागर डिष्टिलरीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ४३ करोड ६९ लाख ५५ हजार रूपैयाँ बढिको कारोबार भएको छ ।

आइतबार ३ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आजको दिन स्वस्तिक लघुवित्त, श्रीनगर एग्रीटेक इन्डष्ट्रि र झापा इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत र ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज बुङ्गल हाइड्रोका लगानीकर्तारूले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयरमूल्य ८.५१ प्रतिशतले घटेको छ ।

कुल ३२५ कम्पनीको एक करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार रुपैयाँ बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।