सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि


काठमाडाैँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतवार संसद सेवा दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्रतिक्रिया दिएका हुन्। आफूहरूले प्रतिनिधि सभा नभएपनि राष्ट्रिय सभालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सुझाव दिएपनि सो अनुसार काम हुन नसकेको सभामुख घिमिरेको गुनासो थियो ।

उनले संसदका कर्मचारीहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न आवश्यक कानुनलगायतका व्यवस्था गर्न संसद एकेडेमी आवश्यक रहेको समेत बताए । सभामुख घिमिरेले देशको आवश्यकताअनुसार संसदलाई स्थापित गराउने काममा लाग्न पनि ढिलाई गर्न नहुने बताए ।

सभामुख घिमिरेले संसद सचिवालयको पदाधिकारी नियुिक्तको विषयमा पनि गम्भिर छलफल गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।