सामान्य बढ्यो सुनको मूल्य, आज कति पुग्यो ?


काठमाडाैँ। सोमवार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

महासंघकाअनुसार आईतवार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महसंघले जनाएको छ ।

आइतवार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबर भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।