काठमाडौँ । त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेय पनि निलम्बनमा परेका छन् ।
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा पाण्डेयको पनि नाम छ ।
मुद्दा दायर भएपछि अहिले १२ औँ तहका पाण्डेय स्वत : निलम्बनमा परेका हुन् ।
उनी केही समय पहिले मात्रै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धक भएका थिए ।
पाण्डेय निलम्बनमा परेपछि विमानस्थलको महाप्रबन्धकमा नयाँ पठाउनुपर्ने छ वा कार्यवाहकको जिम्मेवारी तोक्नुपर्ने छ ।
पोखरा विमानस्थल प्रकरणमा पाण्डेयलाई प्राधिकरणको तत्कालीन उपनिर्देशकको हैसियतमा मुद्दा दायर भएको छ ।



प्रतिक्रिया दिनुहोस्