काठमाडौँ महानगरले स्थापना दिवसमा ‘रैथाने, मौलिक खाद्य स्वच्छता मेला २०८२’ आयोजना गर्ने


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्थापना दिवसको अवसरमा हरेक वर्ष मंसिर २९ गते मनाइने महानगर दिवसअन्तर्गत यस वर्ष पनि “रैथाने, मौलिक खाद्य स्वच्छता मेला २०८२” आयोजना हुने भएको छ।

मंसिर २८ गते आइतवार विहान ११:०० बजेबाट साझसम्म नन्दकिशोर बगैचा (नारायण चौर) मा सञ्चालन हुने यस मेले स्थानीय पहिचान, स्वच्छ खानपान र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकै ठाउँमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

महानगरपालिकाले ३२ वटै वडाबाट कम्तिमा एक-एक वटा स्थानीय रैथाने खाद्य स्टलहरु समावेश गर्ने तयारी गरेको छ।

मेलेमा सरोकारवालाहरू, जनप्रतिनिधि, आम उपभोक्ता र सञ्चारकर्मीहरुलाई सकृय सहभागिता र योगदानका लागि आग्रह गरिएको छ। महानगरपालिकाले भव्य र सभ्य वातावरणमा मेला सम्पन्न गर्न सबैको सहयोग अपेक्षा गरेको छ।