पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा


काठमाडाैँ । नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताएका छन् । 

नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले देश, जनता र पार्टीका सर्मथक, सुवेच्छुकहरुको भावना बुझेर नेतृत्वबाट विदा लिनुपर्ने बताएका हुन् ।

ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उनको दाबी छ । नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताको बिचमा स्थापित गर्न सकिने उनले बताए । ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उनको भनाइ छ । उनले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व मात्रै चयन नगरी कम्युनिष्ट आन्दोलनको दिशा समेत तय गर्नेहुँदा स्वस्थ र स्वच्छ प्रतिस्पधौ हुनुपर्ने बताए ।

उनले केपी ओलीको सान्दर्भिकता अब पार्टीमा सक्किएको दोहो¥याए । केही भजनमण्डलीहरु तयार पारेर आफूबाहेक अरू कोही सक्षम छैन भन्ने प्रचार नगर्न पनि उनले आग्रह गरे ।