काठमाडौँ । सडक विभागका महानिर्देशक डा. विजय जैसीले निर्माण कम्पनीहरूलाई काममा मोविलाइज हुन आग्रह गरेका छन् ।
अब रुग्ण ठेक्कामा निर्माण व्यवसायीलाई धेरै माया गर्न नसकिने उनले बताए । नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौँमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“रहरले ठेक्का तोडिएको होइन । अन्तिम अवस्थामा आएर ठेक्का तोडिएको हो । यद्यपि, तपाईहरू काममा मोविलाइज हुनुस । अहिले काममा निर्माण कम्पनी मोविलाइज भएको पनि देखिएको छ,” उनले भने, “ल इज ल (कानुन भनेको कानुन हो) । अब मायाले हुँदैन । सबै काममा लागौं ।”उनले कतिपय कम्पनीले बोनस पनि खाइरहेको बताए ।
“कतिपय निर्माण कम्पनीले लिएको ठेक्का कुनै पनि रुग्ण भएको छैन । कतिपयको सबै रुग्ण ठेक्का भएको छ,” उनले भने, “अब निर्माण व्यवसायीहरू पनि स्मार्ट हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्