काठमाडौँ । शहरी बिकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहोराले खरिद ऐनको स्पष्ट व्यवस्थाअनुसार ठेक्का तोडिएको बताएका छन् ।
सार्वजनिक खरिदमा देखिएका समस्या सुधार गर्नुपर्ने उनको भनाइ छ । ठेक्कालाई सही रुपमा व्यवस्थापन गर्न अबको बाटो नै कानुनी सुधार भएको उनले बताए ।
नेपाल पुर्वाधार पत्रकार समाजले नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा मंगलबार काठमाडौंमा आयोजना गरेको ‘रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी’ सरोकारवाला निकायसँग संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्यानल छलफलमा उनले यस्तो बताएका हुन् । अब खरिद सम्बन्धी कानुन फेलीक्जीवल बनाउनुपर्ने उनले बताए । यस्तै, ठेक्का रुग्ण हुँदा स्थानीय बासिन्दालाई पर्ने असरबारे पनि छलफल गर्न आवश्यक रहेको बताए ।
“कमला नदीमा १५ बर्षसम्म पुल नबन्दा स्थानीयले दुःख पाए । ठेक्का तोड्दा निर्माण व्यवसायी मर्कामा त परेका छन् । त्यससँगै परियोजना नबन्दा जनता पनि मर्कामा परेका छन् । यसमा पनि ध्यान दिनुपर्छ । समग्रमा हामी काम सक्काउने गरि अघि बढ्नुपर्छ,” उनले भने।



प्रतिक्रिया दिनुहोस्