जेनजी र सरकारबिचकाे १० बुँदे सम्झौताले ‘भोलिको राजनीतिक परिवर्तनको आधार’ बन्ने प्रधानमन्त्री कार्कीको विश्वास


काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी प्रतिनिधि र सरकारबिच भएको १० बुँदे सम्झौता भविष्यका आन्दोलन र राजनीतिक परिवर्तनलाई निर्देशित गर्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेकी छन् ।

बुधवार सिंहदरबारमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै यस्तो विश्वास व्यक्त गरेकी हुन्। उनले जेन जी तथ शहीद परिवार र सरकारबिच भएको सम्झौता कार्यान्वयनमा समय लागेपनि महत्वपूर्ण दस्तावेजको रुपमा रहने बताइन् ।

उनले विश्व भरीका देशहरुमा नेपाल जेन जी आन्दोलनको अग्रज मुलुक रहेको बताउँदै सरकार र जेन जी प्रतिनिधिबिच भएको यस सम्झौतालाई अन्य देशहरुले समेत अनुसरण गर्ने विश्वास व्यक्त गरिन् ।

यस सम्झौताले भविष्यमा हुने आन्दोलनलाई हिंसारहित बनाउन मार्गनिर्देशन उनको भनाइ छ । उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद र घाइतेहरूका मागहरु पुरा गर्न सरकार अहोरात्र लागिपरेको समेत बताइन् । उनले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना हुने वातावरण बनाउने र राजनीतिमार्फत देश सञ्चालन गर्ने अवसर दिलाउने सरकारको चाहना रहेको समेत स्पष्ट पारिन् ।

उनले जेन जी प्रतिनिधि सुदन गुरुङलाई आफ्नो जेठो छोरोको रुपमा सम्बोधन गर्दै सरकारलाई गरिरहेको सहयोगका प्रति धन्यवाद दिइन्। सम्झौता लगत्तै केही शहीद परीवारका सदस्य तथा घाइतेहरूले सम्झौताको कार्यान्वयन आशंका व्यक्त गरे ।